newskoseli.Com

बाबुराम खटेको खट्यै, नयाँ शक्तिको आकार चाहिँ घटेको घट्यै !

डा. बाबुराम भट्टराईले उत्साही मुडमा नयाँ शक्ति बनाउने घोषणा गरेका थिए, साढे तीन वर्षअघि ।

९ असोज, ०७२ मा उनी तत्कालीन एकीकृत नेकपा (माओवादी) लाई ‘भत्किएको घर’ वा ‘रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए । र, त्यसको ८ महिनापछि, ३० जेठ, ०७३ मा समृद्धिको नारासहित आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी घोषणा गरे ।

नयाँ शक्ति घोषणाको तीन वर्ष हुन लाग्यो । वैकल्पिक आन्दोलन निर्माण गर्ने भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई खटेको खट्यै छन् । तर, उनको शक्ति भेन घटेको घट्यै ! सुरुमा उनलाई साथ दिएका धेरै पूर्वमाओवादी सहायत्रीले एक–एक गरी छाड्दै गएका छन् । पछिल्लो पटक उनले एक महिने जागरण यात्रा पनि सम्पन्न गरे । नयाँ शक्तिका नेता नवराज सुवेदी दावी गर्छन्– ‘यो एक महिने यात्राले जनतासँगको सम्बन्ध थप बलियो बनाएको छ ।’

तर, राष्ट्रिय राजनीतिमा नयाँ शक्तिको तत्काल कुनै प्रभावकारी भूमिका देखिने छाँट छैन । उल्टो, गएकै साता रसुवाका प्रदेश सांसद समेत केही नेता–कार्यकर्तालाई नेपाली कांग्रेसले लुछ्न खोज्यो । बाबुराम भने अझै थाकेका, गलेका देखिनन् । भन्छन्– ‘वैकल्पिक राजनीतिको यात्रा लामो छ, नसक्नेहरु बीच बाटोमै छाड्छन् । यो कुनै नौलो कुरा होइन ।’

बाबुराम खटेको खट्यै तर उनको पार्टी चाहिँ घटेको घट्यै शीर्षक यो खबर वीरेन्द्र ओलीको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर