‘भीभीआर्इपी’ बिरामीका लागि लाखौं खर्चेर वीर अस्पतालमा बनाइएको सुविधासम्पन्न कक्षमा २९ वर्षदेखि ताला लगाइएको छ, देशका ‘विशिष्ट’ हरु भने सामान्य रोगको उपचारका लागि पनि विदेश धाउँछन् ।
चार वर्षमा ‘विशिष्ट’ हरुको उपचारमा ६ करोड खर्च भएको छ । अर्थ मन्त्रालयका अनुसार यो वर्ष मात्रै ‘विशिष्ट’ व्यक्तिहरुको उपचारका लागि सरकारी ढुकुटीबाट झन्डै २७ लाख विदेशिएको छ ।
वीरको ‘भीभीआर्इपी’ कक्ष आठ कोठाको छ । बिरामी बस्ने, आगन्तुकहरुसँग भेटघाट गर्ने, परिवारका सदस्य सुत्ने, सुरक्षाकर्मी कुर्ने छुट्टाछुट्टै कोठा छन् । त्यस्तै, डाक्टर र नर्सका लागि पनि छुट्टाछुट्टै कोठा छन् । यस बाहेक भन्सा र बाथरुम पनि छन् ।
पञ्चायतकालमा दरबारका सदस्यलाई उपचार गर्न वीरमा ‘भीभीआर्इपी’ कक्ष बनाइएको खबर अर्जुन अधिकारीको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।