newskoseli.Com

प्रहरीले माग्यो ७ वटा हेलिकप्टर : उद्धार र विपद् व्यवस्थापनका लागि चाहिएको भनाइ

नेपाल प्रहरीले सात वटा हेलिकप्टर खरिद गर्न गृह मन्त्रालयसँग बजेट माग गरेको छ । खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सात वटै प्रदेशमा सात वटा हेलिकप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो ।

सशस्त्र द्वन्द्वको समयमा पनि हेलिकप्टर खरिद गर्नका लागि प्रहरीले गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर, गृह मन्त्रालयले भने प्रहरीलाई बजेट उपलब्ध गराएको थिएन । २०१२ सालमा स्थापना भएको प्रहरी संगठनले हेलिकप्टर खरिदका लागि पटक–पटक बजेट माग गर्दै आएको छ । प्रहरीलाई हेलिकप्टर आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन ।

दुर्घटनापछिको खोज तथा उद्धारका निम्ति जनशक्ति व्यवस्थापनमा हेलिकप्टर आवश्यक भए पनि प्रहरी संगठनले प्राप्त गर्न सकेको छैन । प्राकृतिक विपद् पछिको खोज तथा उद्धारमा जनशक्ति पठाउनका लागि निजी क्षेत्रको हेलिकप्टर पठाउनुपर्ने अवस्था रहेको प्रहरीले बताएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर