newskoseli.Com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द !

दैनिक २२ घन्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ गते (जुन ३०) सम्म भने दैनिक १० घन्टा बन्द हुने भएको छ ।

विमानस्थलको ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो एक मात्र धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने बिहान ८ बजे मात्रै सुचारु गरिनेछ ।

राति १० बजेदेखि ३ बजेसम्म र बिहान ५ बजेदेखि ८ बजेसम्म हुने उडानलाई दिउँसोको समयमा सारिएको छ । ‘हाल भइरहेको उडानमध्ये १५–२० प्रतिशत कटौती हुने देखिन्छ’– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने ।

हाल विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुने खबर सुरज कुँवरको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर