केही दिनयता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका काम–कारबाहीबारे लगातारजसो ‘निराशाजनक अभिव्यक्ति’ दिइरहेका छन्
सोही पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीले ‘सुखी नेपाली, समृद्ध मुलुक’ नारा बनाई सरकार सञ्चालन गरिरहेका बेला अध्यक्ष प्रचण्डले भने सरकारका कामको समीक्षा गर्ने बेला भएको अभिव्यक्ति दिइरहेका छन् । ओली नेतृत्वमा सरकार गठन भएको एक वर्ष मात्र बिते पनि सरकारका कामप्रति सन्तोष गर्ने ठाउँ नभएको संकेत प्रचण्डले गरेका छन् ।
पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी र हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकापर्यटनमन्त्री सहितको स्मृतिमा बिहीबार पार्टीले आयोजना गरेको श्रद्धाञ्जलिसभामा पनि सरकारको एक वर्षको समीक्षा गर्नुपर्ने कुरा नै अध्यक्ष प्रचण्डले दोहोर्याएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।