newskoseli.Com

मधुमेहबाट पीडित हुनुहुन्छ ? यस्ता छन् उपयुक्त खाना…

पछिल्लो समय धेरैजसो मानिस मधुमेहको समस्या भएर अस्पताल पुग्ने गर्छन् । हाम्रो शरीरमा अधिकांश रोग हाम्रै जीवनशैलीका कारण लाग्ने गर्छन् ।

सन्तुलित खानपानका साथसाथै नियमित व्यायाम गरेको खण्डमा मधुमेहबाट बच्न सकिन्छ । मधुमेह रोग लागेकाले खाने कुरामा अत्यन्तै ध्यान दिनुपर्छ । मधुमेह लागेकाले खानामा ध्यान दियो भने बिस्तारै यो नियन्त्रण हुँदै जान्छ । अब जानौं, मधुमेह रोगीले खाने खानाबारे–

– मधुमेह रोगीले कार्बोहाइड्रेटयुक्त खाना जस्तै– भात, आलु कम मात्रामा खाने गर्नुपर्छ । त्यस्तै, बोसो वा चिल्लो पनि कम खानु आवश्यक छ । रातो मासु सकभर नखाने र खानै परे पनि ज्यादै कम मात्र खानुपर्छ । बरु अन्डा र ताजा माछा ठीक मात्रामा खान सकिन्छ ।

– ताजा सागसब्जी, बन्दा, काउली, काँक्रो, भन्टा, साग, गोलभेडा, मुला, गाँजर, प्याज र फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ । अमिलो अचार भने सकभर नखाँदा राम्रो ।

– तरकारीको झोल, सुप आदिजस्ता झोलीय पदार्थ बढी खानुपर्छ । त्यस्तै, नुन कम खानु आवश्यक छ भने चिनी कम भएको चिया वा कफी कम मात्रामा पिउन सकिन्छ ।

– धेरै रेसादारयुक्त गहुँ, मकै, कोदो, फापरजस्ता खाना खानु राम्रो हुन्छ । धानबाट तयार हुने भात, चिउरा आदिको सट्टा गहुँ, मकैजस्ता अन्य खानामा कार्बोहाइड्रेटको मात्रा तुलनात्मक रूपमा कम हुने हुँदा त्यसतर्फ ध्यान पुर्‍याउनु उचित हुन्छ ।

– दाल मज्जाले खान सकिन्छ । भात खानै नहुने त होइन तर कोदो, मकै आदिबाट निर्मित खाने कुरा– ढिँडो, रोटी खाँदा शरीरमा कार्बोहाइड्रेटको मात्रा केही कम भई रगतमा चिनीको मात्रा पनि कम हुने सामग्री शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर