newskoseli.Com

‘आश्चर्यजनक’ सहमति : के गर्लान् अब सीके राउत ?

सरकारसँग ११ बुँदे सहमति गरेर ‘मूलधारको राजनीति’ मा प्रवेश गरेका ‘स्वतन्त्र मधेस गठबन्धन’ का संयोजक सीके राउत मधेसतर्फ लागेका छन् । उनी पछिल्लो ५ महिने जेल बसाइबाट सर्वोच्च अदालतको आदेशमा बिहीबार रिहा भएका थिए ।

सरकारले शुक्रबार उनीसँग ‘आश्चर्यजनक’ रुपमा राजनीतिक सहमति गरेको थियो । सहमतिको भोलिपल्टै उनी आफ्नो मागमा सरकार सहमत भएको भन्दै मधेस हान्निएका हुन् । अब उनको योजना के छ ? सुरक्षा निकायदेखि राजनीतिक कार्यकर्ता र आमजनता सबैको चासो छ । उनले सरकारसँग अचानक गरेको सहमतिले मधेसको राजनीतिमा पक्कै नयाँ ‘डिस्कोर्स’ दिनेछ ।

मधेसकेन्द्रित दलमा यसबारे बहस सुरु भइसकेको छ । सत्तारुढ दलले पनि नेकपामा ल्याउँदा के होला भनेर हल्लाकै रुपमा भए पनि परीक्षण गरिसकेको छ । कतिपयले प्रवेश गर्ने चर्चा गरेका छन् भने केहीले मधेसकेन्द्रित दल बनाउने विश्लेषण गरिरहेका छन् । उनी कतै मधेसकेन्द्रित दलसँगै मिल्न सक्ने अनुमान पनि धेरैको रहेको खबर नवीन झाको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर