newskoseli.Com

भारतमा चुनावी चटारो : यस्तो छ ७ चरणको निर्वाचन कार्यतालिका…

भारतीय निर्वाचन आयोगले लोकसभा निर्वाचनको मिति घोषणा गर्दै करिव डेढ महिना लामो कार्यतालिका सार्वजनिक गरेको छ ।

सात चरणमा निर्वाचन गर्ने कार्यतालिका आयोगले आइतबार सार्वजनिक गरेको हो । सात चरणको निर्वाचनको मतदान चैत २८ देखि सुरु हुने र जेठ ५ सम्म जारी रहने जानकारी आयोगले आइतबार पत्रकार सम्मेलनमार्फत गराएको हो ।

दोस्रो चरणको मतदान वैशाख ५, तेस्रो चरण वैशाख १०, चौथो चरण वैशाख १६, पाँचौं वैशाख २३, छैटौं वैशाख २९ र सातौं चरणको मतदान जेठ ५ मा हुने आयोगले जनाएको छ । लोकसभामा ५ सय ४५ सिटमध्ये ५ सय ४३ सिटका लागि निर्वाचन हुन लागेको हो । सबै क्षेत्रको निर्वाचनको परिणाम एकै पटक जेठ ९ मा सार्वजनिक हुने बताइएको छ ।

आयोगका अनुसार कर्नाटक, मणिपुर, राजस्थान, त्रिपुरा राज्यमा दुई चरणमा, आसाम र छत्तीसगढ राज्यमा तीन चरणमा निर्वाचन हुने भएको छ । यो निर्वाचन भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र प्रमुख प्रतिपक्षी दल कांग्रेस आई दुवै दलका लागि अग्निपरीक्षाका रुपमा लिइएको छ ।

चुनावी प्रतिस्पर्धामा होमिएका दलले बहुमतका लागि २ सय ७२ सिट प्राप्त गर्नुपर्ने व्यवस्था रहेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर