newskoseli.Com

‘तानातान’ मा गृहमन्त्री बादल : उनी जता खुल्छन्, त्यतै बहुमत !

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सत्ताधारी नेकपाभित्र ‘तानातान’ मा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री बादल सरकारमा मात्र होइन, पार्टी राजनीतिमा समेत ‘निर्णायक’ देखिएका छन् ।

पार्टीको सांगठनिक एकता प्रक्रियामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधव नेपालबीच गुटगत प्रतिस्पर्धा चलिरहँदा गृहमन्त्री बादल भने कतै खुलेका छैनन् । तर, सचिवालय बैठकमा थापा एक्लै भए पनि ‘निर्णायक’ पोजिसनमा छन् त्यसैले उनी ‘तानातान’ मा परेका हुन् ।

नेकपाको केन्द्रीय सचिवालयभित्र वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको एउटा गुट छ । अध्यक्ष ओली, महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको अलग्गै गुट छ । दुई अलग गुट देखा परेपछि थापा एक्लै भए पनि निर्णांयक देखिएका हुन् ।

अध्यक्ष प्रचण्ड भने अर्का अध्यक्ष ओली तथा नेपाल दुवै समूहसँगको समदुरी सम्बन्धमा देखिए पनि भित्री रूपमा उनी नेपाल पक्षसँग नजिकिन थालेका छन् । अध्यक्ष प्रचण्ड तत्काल अर्का अध्यक्ष ओलीसँगको सम्बन्ध बिगार्ने र आफ्नो पक्षधरता खुलाइहाल्ने पक्षमा देखिँदैनन् ।

गृहमन्त्री समेत रहेका सचिवालय सदस्य बादल ओलीइतर पक्षमा खुलेमा त्यो पक्षसँग बहुमत रहेको आधारमा आफूलाई पनि पार्टी्भित्र बोल्न सजिलो पर्ने प्रचण्डको ठम्याइ छ । तर, बादल नखुलिदिँदा नेकपाको सचिवालयभित्र समीकरण हेरफेर र अध्यक्ष ओलीको निर्णयमा ‘हस्तक्षेप’ गरिहाल्न सक्ने अवस्थामा सचिवालयका कुनै नेता नदेखिएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर