अमेरिकाको न्यूयोर्क राज्य सरकारले दुई सडकको ‘माउन्ट एभरेस्ट’ नामकरण गरेको छ । नेपाल र नेपालीहरुको सम्मानार्थ कुइन्सस्थित ज्याक्सन हाइटको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरिएको हो ।
यसअघि क्यालिफोर्नियाको सान जोसेस्थित सडकलार्इ पनि ‘माउन्ट एभरेस्ट डीआर’ नामकरण गरिसकिएको छ । न्यूयोर्क राज्य सरकारले एक कार्यक्रमको आयोजना गरी नेपालीको बाक्लो वस्ती रहेको ज्याक्सन हाइटस्थित ७५ स्ट्रिटको २५ देखि ३१ एभिन्युसम्मको बाटोलाई ‘माउन्ट एभरेस्ट वे’ नामकरण गरेको हो ।
नेपालका लागि अमेरिकी राजदूत डा. अर्जुन कार्की र काउन्सिल म्यान कोस्ट कोन्स्टीडिनेजले संयुक्त रुपमा नामकरण कार्यक्रमको उदघाटन गरेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।