newskoseli.Com

महिला इराक पुर्‍याउन दिल्लीमा यस्तो सेटिङ

चितवनका विशाल गिरी आफ्नी आमालाई इराकबाट उद्धार गराइपाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो धाउँदैछन् । उनको हातमा ४१ वर्षीया आमा इन्दुको तस्बिर र नागरिकताको प्रतिलिपि सहितको फाइल छ ।

इन्दु जेठको पहिलो साता भाउजू नाता पर्ने झापाकी लक्ष्मी ढकालसँग टर्कीका लागि भनेर हिँडेकी थिइन् । घरायसी कामदारका रुपमा इराकको कुर्दिस्तान पुगेकी उनले घरमा फोन सम्पर्क गरेपछि परिवार झसङ्ग भयो ।

उनले प्रत्येक साताजस्तो घरमा फोन गरेर रुँदै बिलौना गर्ने गरेकी छन् । भनेजस्तो काम छैन र पैसा पनि भने जति दिएको छैन । आफ्नी श्रीमतीलाई फर्काउने उपायस्वरुप जगन्नाथले इराक बस्ने ओमराज नामका एजेन्टलाई फोन गरे । इराकबाट कुनै एक महिलाले संवाददालालाई दिएको जानकारी अनुसार ओमराजले इन्दु र लक्ष्मीसहित दस जनालाई एकै पल्ट नयाँदिल्ली हुँदै इराक पुर्‍याएका हुन् ।

उनले इन्दिरा गान्धी विमानस्थलमा सेटिङ मिलाएको खबर बुधबारको जनकराज सापकोटाको बाइलाइनमा बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर