newskoseli.Com

नेकपा (विप्लव) ‘प्रतिबन्धित’ : सबै नेता भूमिगत

फाइल तस्बिर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएको छ ।

सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोटन गराएर र चन्दा मागरे त्रास सिर्जना गरेको भन्दै मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले सो समूहमाथि ‘प्रतिबन्ध’ लगाउने घोषणा गरेको हो ।

उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाउनु परेको जानकारी दिए । प्रधानमन्त्री ओलीले उक्त बैठकमा ‘विप्लव समूह’ का गलत क्रियाकलाप बन्द गर्न ‘कठोर कदम चाल्नुपर्ने’ अवस्था सिर्जना भएकाले सरकार चुप लागेर बस्नु नहुने बताए ।

सरकारको यो निर्णसँगै नेकपा (विप्लव) का सबै केन्द्रीय नेताहरुसहित राज्यको नजरमा चिनिएका विभिन्न तहका सबैजसो कार्यकर्ता ‘भूमिगत’ भएको खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर