newskoseli.Com

‘बोइङ ७३७’ विमानको उत्पादनमै खराबी ! धेरै मुलुकमा किन भैरहेछ ‘ग्राउन्डेड’ ?

अमेरिकी विमान कम्पनी ‘बोइङ’ को ‘७३७ म्याक्स– ८ सिरिज’ विमानको सुरक्षामा प्रश्न उठाउँदै केही मुलुकले यसको उडान तत्काल रोके पनि नेपालले भने यसबारे ठोस निर्णय गरेको छैन ।

नेपालका कुनै पनि कम्पनीसँग यो सिरिजको जहाज नभएको र अन्य मुलुकका जहाजलाई ठोस आधारविना उडान रोक्न नमिल्ने हुनाले नेपालले यसबारे निर्णय गर्न नसकेको हो ।

कुनै पनि नेपाली कम्पनीसँग यो सिरिजको जहाज नभएको भन्दै विदेशी कम्पनीका जहाजलाई त्यसै रोक्न नमिल्ने जानकारी नेपाल उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले दिए । गत आइतबार इथियोपियामा र गत अक्टोबर २९ मा इन्डोनेसियामा ‘बोइङ ७३७ म्याक्स– ८’ विमान दुर्घटना भएका थिए ।

पाँच महिनाको अवधिमा एउटै सिरिजका दुई विमानको दुर्घटना समान देखिएपछि यसको सुरक्षालाई लिएर संसारभरी प्रश्न उब्जिएको हो । दुवै विमान उचाइ लिएलगत्तै दुर्घटनामा परेका र ‘समस्या आएको’ भन्दै पाइलटले टावरलाई जानकारी गराएको खबर मंगलबारको पत्रपत्रिकामा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर