newskoseli.Com

‘छड्के’ मा परे १२४० कर्मचारी : कारबाही गर्न सतर्कता केन्द्रको सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रले १ हजार २ सय ४० कर्मचारीमाथि कारबाहीका लागि सिफारिस गरेको छ ।

केन्द्रले २८ जिल्लाका ४ सय ५० सरकारी कार्यालयमा ‘छड्के’ अनुगमन गर्दा १ हजार २ सय ४० कर्मचारीलाई कारबाही गर्नुपर्ने पाइएकाले सिफारिस गरिएको जानकारी केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले दिएका छन् ।

उनका अनुसार छड्के अनुगमन गर्दा कार्यालय समय पालना नगर्ने ८ सय ९७ र तोकिएको पोशाक नलगाउने ३ सय ४३ कर्मचारीलाई कारबाहीको सिफारिस गरिएको हो । केन्द्रले सम्बन्धित कार्यालयका कार्यालय प्रमुखलाई पत्र लेख्दै ती कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । केन्द्रले ४ सय ४३ कार्यालयमा रहेका नागरिक बडापत्रको अनुगमन गरेको छ ।

केन्द्रले नियमित रुपमा सरकारी कार्यालयको छड्के अनुगमन गर्ने गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा ५२ जिल्लामा रहेका कार्यालयमा छड्के अनुगमन गर्दा २ हजार ३ सय ७७ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर