newskoseli.Com

‘विप्लवहरुले हतियार लगेका थिए’ : पूर्वडेपुटी कमान्डर मन्त्रीको खुलासा

तत्कालीन माओवादी जनमुक्ति सेनाका एक ‘डेपुटी कमान्डर’ एवं हालका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले त्यतिबेलाको माओवादी लडाकुको शिविरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको खुलासा गरेका छन् ।

तत्कालीन लडाकुका ६ वटै डिभिजन कार्यालय र १८ वटा सहायक शिविरबाट विप्लव समूहले हतियार लगेको दाबी उनले गरे । विप्लव समूहद्वारा तत्कालीन शिविरहरुबाट के–कति हतियार बाहिरिए भन्नेबारे चाहिँ पूर्व ‘डेपुटी कमान्डर’ रहेका मन्त्री खनालले खुलाएनन् ।

‘मेरै नेतृत्वमा सेना समायोजनको काम भइरहेको थियो, हामी नेपाली सेनासँग सहकार्य गरेर जानुपर्छ भन्ने पक्षमा थियौं,’ मन्त्री खनालले भने– ‘त्यही बेला उहाँहरु हतियार लिएर बाहिरिनु भएको हो ।’ त्यतिबेला विप्लव समूहले अस्थायी शिविरहरुबाट हतियार लैजाने क्रममा आगजनी समेत गरेको दाबी मन्त्री खनालले गरेको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर