newskoseli.Com

कांग्रेस महाधिवेशन यताको तीन वर्ष, बित्यो आन्तरिक कलहमै !

पार्टीलाई विधि–विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धता सहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ ।

२०७२ फागुन २४ मा सभापति निर्वाचित भएका देउवाले तीन वर्षमा पार्टीलाई विधि–विधानअनुसार अघि बढाउन त सकेनन् नै, ‘असन्तुष्ट पक्ष’ लाई साथ लिएर संगठन सञ्चालन गर्न पनि उनी असफल नै देखिए । महाधिवेशन भएको दुई महिनाभित्र गठन गरिसक्नु पर्ने पार्टीका विभाग र निकायलाई अझै पूर्णता दिन नसकेका देउवाले तीन वर्ष कहिले सहमतिबाट त कहिले विधानको आडमा अघि बढ्ने प्रयत्नमै गुजारेका छन् ।

विधानले दिएको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने आगामी फागुनमा देउवाको चारवर्षे कार्यकाल सकिनेछ । विधानले दिएको अतिरिक्त सुविधा प्रयोग गर्दा अर्को डेढ वर्ष समय पाउने देउवाले आगामी दिनमा पार्टी संगठन कसरी अघि बढाउँछन् भन्ने चित्र अझै प्रष्ट हुन सकेको छैन ।

विधिभित्र रहेर सहमति र प्रक्रिया अघि बढाउन खोज्दा केही अलमलजस्तो देखिएको सभापति निकट केन्द्रीय सदस्य एनपी साउदले बताएको खबर बालकृष्ण अधिकारीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर