newskoseli.Com

‘हतियारसहित भेटिए तत्काल गोली ठोक्नू’ : सुरक्षा निकायलाई सरकारको निर्देशन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले ‘प्रतिबन्ध’ लगाएसँगै सुरक्षा निकायले आफेनो ‘सतर्कता’ बढाएको छ ।

हतियार बोकेर हिँडेको फेला पारे गोली हान्न सरकारले सुरक्षा निकायलाई निर्देशन दिएको छ । स्रोतका अनुसार सरकारद्वारा सुरक्षा निकायलाई आन्तरिक विज्ञप्तिमार्फत आएको सूचनामा ‘हतियारसहित फेला परे तत्काल फायर खोल्नू’ भनिएको छ ।

‘चन्द समूहका कार्यकर्ता हतियारसहित हिँडेको फेला परे घुँडामुनी गोली हान्नेसम्मको निर्देशन छ’– एक प्रमुख जिल्ला अधिकारीले भने । बिनाहतियार हिँडेको तर नेतृत्वमा रहेको कार्यकर्तालई भने जहाँ भेटे पनि पक्राउ गर्न र सामान्य कार्यकर्तामाथि पनि उच्च निगरानी राख्न सरकारले निर्देशन दिएको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर