newskoseli.Com

विप्लवमाथि प्रतिबन्धबारे नेकपाको शीर्ष तहमै असन्तुष्टि : प्रचण्डनिवासमा सचिवालय सदस्यहरूको ‘बेग्लै बैठक’

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र त्यसका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै शीर्ष तहमै असन्तुष्टि बढेको छ ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिमा सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि त्यो निर्णयमा सचिवालयका अन्य सदस्यले असन्तुष्टि जनाएका छन् ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलिपल्टै बुधबार सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठले यस विषयमा अध्यक्ष दाहालसँग दाहालनिवास खुमलटारमै छलफल गरेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर