newskoseli.Com

भिडियो कलबाटै धमाधम सम्बन्ध–विच्छेद !

नेपालगञ्ज उपमहानगरपालिका– ८ की इस्मा खानले दुबईमा रहेका पतिलाई ‘इमो’ बाट भिडियो कल गरिन् । कुराकानीका क्रममा श्रीमानसँग सामान्य भनाभन भयो ।

भोलिपल्ट श्रीमानको भिडियो कल आयो । उनले एकै चोटी ‘तलाक, तलाक र तलाक’ भने । इस्मा अक्क न बक्क भइन् । कुनै प्रतिक्रिया दिन सकिनन् । भिडियो बन्द भयो । भिडियो कलबाट श्रीमानले तीन पटक तलाक भनेकै भरमा ८ महिनाअघि ४ वर्षको सम्बन्ध टु्ट्यो । ३३ वर्षीय इस्मा अहिले मजदुरी गरेर छोरी हुकाउँदै छिन् ।

नेपालगञ्ज उपमहानगरपालिका– ७ की ३० वर्षीय नाजिया कसघर माइतमा थिइन् । एक दिन पतिको फोन आयो । उनले ‘हेलो’ भनिन् । उतबाट पतिले तीन पटक ‘तलाक’ भने । उनले जवाफ फर्काउन सकिनन् । सम्बन्धमा पूर्णविराम लाग्यो । सम्बन्ध–विच्छेद भएको मान्दै उनी माइतीघरमै छिन् । शारीरिक रुपले अशक्त छोरो हुर्काउने दायित्व समेत उनैले सम्हालेकी छन् ।

इस्मा र नाजियाजस्ता थुप्रै मुस्लिम महिला शब्दमै सम्बन्ध–विच्छेद स्वीकार गर्छन्, कानुनी प्रक्रिया अपनाउन चाहँदैनन् । ‘तीन पटक तलाक भनेपछि सँगै बस्ने कुरै भएन,’ नाजियाले भनिन्– ‘अदालतमा गएर झगडा गर्न मनले मान्दैन ।’

नेपाली समाजमा विद्यमान एउटा अनौठो ‘परम्परा’ बारेको यो खबर मधु शाहीको बाइलाइनमा शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर