newskoseli.Com

छोराको बिहेमा बिराटनगरबाट काठमाडौंसम्म २ वटा प्लेन चार्टर

सामान्यतः बिहेमा जन्तीका लागि बस र कार रिजर्भ गरेर लैजाने चलन छ । आर्थिक रुपले सम्पन्न मानिसले पनि जन्ती लैजान त्यति धेरै खर्च गर्दैनन् ।

तर, एक किसान परिवारले भने आफ्नो छोराको बिहेमा प्लेन चार्टर गरेका छन् । महालक्ष्मी नगरपालिका– ८, मूर्तिढुङ्गा, धनकुटाका नगेन्द्र थापाले आफ्नो एक मात्र छोरा दिनेशको बिहेमा दुई वटा प्लेन चार्टर गरेका हुन् । दिनेशले ठमेल, काठमाडौंकी प्रज्ञा सुवेदीसँग बिहे गर्दा विराटनगरबाट काठमाडौंसम्म सीता र बुद्ध एयरका दुई विमान चार्टर गरेका हुन् ।

२९ फागुनमा सम्पन्न उनको बिहेमा ७१ जना जन्ती काठमाडौं आएका थिए । धनकुटाबाट विराटनगरसम्म बस र विराटनगरबाट काठमाडौंसम्म प्लेनमा जाँदा–आउँदा ७ लाख ५० हजार रुपैयाँ खर्च भएको दिनेशका बाबु नगेन्द्रले जानकारी दिएको खबर सन्तोष रुचालको बाइलाइनमा शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर