newskoseli.Com

‘मलाई मार्ने सूचना पाएँ’ भन्दै हावा कुरा किन दोहोर्‍याइरहन्छन् प्रचण्ड ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही समय यता दुनियाँ हाँस्ने, कसैले नपत्याउने र शतप्रतिशत असम्भव दावी गर्दै आइरहेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले आफ्नो ‘हत्या गर्ने षड्यन्त्र’ गरेको हौवा उनले बिहीबार पनि दोहोर्‍याएका छन् । ‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवहरुले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर, मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे । टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सूचना दिइयो,’ प्रचण्डले भने– ‘के भएको होला साथीहरुलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो त ?’

योङ कम्युनिस्ट लिगले आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रचण्डले ‘आफूलाई मार्ने योजना बनाएकामा’ विप्लवप्रति ‘दया लागेको’ बताएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर