newskoseli.Com

प्रचण्डमाथि ‘सुरक्षा थ्रेट’ : के भन्छन् सुरक्षा निकायहरु ?

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मार्न खोजेको बताएपछि उनीमाथिको ‘सुरक्षा थ्रेट’ लाई लिएर चर्चा सुरु भएको छ ।

प्रचण्डले बिहीबार राजधानीको एक कार्यक्रममा बोल्दै आफूलाई मारेर समस्या समाधान नहुने धारणा व्यक्त गरेका थिए ।

के प्रचण्डलाई ‘सुरक्षा थ्रेट’ बढेकै हो त ? ‘सुरक्षा थ्रेट’ बारे प्रचण्डल आफैंले पटक–पटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन् ।

सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा प्रचण्डलाई विप्लव नेकपाबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ । विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धाबाट देखिएको स्रोतले बताएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर