newskoseli.Com

२०७६ सालमा सार्वजनिक बिदा १५ दिन मात्र

सरकारले २०७६ सालमा १५ दिन मात्र सार्वजनिक बिदा दिने घोषण गरेको छ । गृह मन्त्रालयले शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी देशैभर १५ दिन मात्र सार्वजनिक बिदा हुने विवरण सार्वजनिक गरेको हो ।

सरकारले वैशाख महिनामा नयाँ वर्षका दिन १ गते आइतबार र विश्व मजदुर दिवसका दिन १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिने जनाएको छ । जेठ महिनामा ४ गते एक दिन मात्र, त्यो पनि शनिबार सार्वजनिक बिदा दिइएको छ ।

असार, साउन र भदौ महिनामा देशभर लागू हुने गरी एक दिन पनि सार्वजनिक बिदा दिइएको छैन । असोज ३ गते शुक्रबार संविधन दिवसका दिन सार्वजनिक बिदा दिइएको छ भने असोज १८ गते शनिबारदेखि २२ गते बुधबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैंको सार्वजनिक बिदा दिइएको छ ।

तिहारका लागि कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात् लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन बिदा दिइएको छ । मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी बिदा दिइएको छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रिमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक बिदा दिइएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर