newskoseli.Com

‘…नत्र मेरो १२औं ‘पुण्यतिथि’ भैसक्थ्यो’ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले प्रविधिको विकासकै कारण आफूले नयाँ जीवन पाएको भन्दै नत्र यस बेलासम्म आफ्नो १२औं ‘पुण्यतिथि’ भैसक्ने बताएका छन् ।

‘म आज तपाईंहरुसँग हुनु प्राविधिकै कारण हो । १२ वर्षअघि मिर्गौलाको समस्या हुँदा विज्ञान र प्रविधिको सहायताले मैले नयाँ जीवन पाएको थिएँ,’ काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘नत्र अहिले मेरो १२औं ‘पुण्यतिथि’ हुन्थ्यो होला ।’

सरकार प्रविधिसहितको दिगो विकास गर्न तीव्र गतिमा अघि बढेको प्रधानमन्त्री ओलीले बताए । ‘सरकार तीव्र गतिमा विकास गर्न प्रयत्नशीत छ । केही वर्ष अघिसम्म धेरै कुरामा समान हैसियत र क्षमता रहेको स्विट्जरल्याण्ड निकै अघि बढ्यो । नेपाल किन पछि परेको छ, त्यसको कारण खोजिनुपर्छ,’ उनले भने– ‘अनि, समाधान र विकासतर्फ अघि बढ्नु पर्छ ।’

अर्को ठट्यौली सहितको प्रधानमन्त्रीको पछिल्लो सम्बोधनसम्बन्धी यो खबर श्रीराम केसीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर