newskoseli.Com

विप्लव नेकपाको रणनीति : ‘जनप्रतिनिधि’ लाई हान्ने, सुरक्षा संयन्त्रलार्इ नछुने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले तत्कालका लागि ‘जनप्रतिनिधि’ हरुमाथि आफ्नो ‘कारबाही’ केन्द्रित गर्ने तर सुरक्षा संयन्त्रमाथि ‘जाई नलाग्ने’ रणनीति अख्तियार गरेको सुरक्षा संयन्त्रले विश्लेषण गरेको छ ।

यसै विश्लेषण अनुरुप विप्लव नेकपाका गतिविधिलाई ‘नियन्त्रण’ गर्न भन्दै सरकारले सुरक्षा व्यवस्था ‘कडा’ बनाएको छ । यस कामका निम्ति केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मी समेत खटाइएको छ । सुरक्षा निकायका अनुसार ‘हिंसात्मक गतिविधि’ नियन्त्रण गर्न सरकारले तीन तरिकाले ‘कारबाही’ गर्न निर्देशन दिएको छ– ‘घुँडामुनि गोली हान्ने, नियन्त्रणमा लिएर सम्झाउने र गतिविधिका आधारमा कारबाही गर्ने ।’

विस्फोट र आगजनीका घटना बढाएरका नेकपाका कार्यकर्ताले ‘जनप्रतिनिधि’ लाई मुख्य तारो बनाउन सक्ने सुरक्षा संयन्त्रको निष्कर्ष छ । पहिलो चरणमा सुरक्षाकर्मीमाथि जाइलाग्ने विप्लवहरुको योजना नदेखिएको सुरक्षा संयन्त्रको विश्लेषण रहेको खबर काशीराम डाँगीको बाइलाइनमा आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर