newskoseli.Com

अख्तियार आयुक्तको ७८ लाख घुस प्रकरण : कलेज सञ्चालक न्यौपाने फरार

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् ।

गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपितहरू विदेश भाग्न सक्ने आशंकामा ‘सतर्कता अपनाउन’ अध्यागमन विभाग र त्रिभुवन विमानस्थलस्थित प्रहरीलाई निर्देशन दिएको थियो ।

‘कलेजको स्वामित्व विवाद मिलाइदिन्छु’ भन्दै अख्तियारका तत्कालीन आयुक्त पाठकलाई बुझाइएको ७८ लाख रूपैयाँ घुस बुझाएको प्रकरणमा न्यौपानेमाथि अनुसन्धान भइरहेको थियो । घुस प्रकरणमै अख्तियारले बीचौलिया ज्ञानेन्द्र झा र आयुक्त पाठकका भाइ समेत रहेका पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन शुभनारायण पाठकसँग बयान लिइसकेको छ ।

दुवै नाको बयान सकेर अख्तियारले न्यौपानेसँग बयान लिन थालेको गरेको थियो । तर, अख्तियारले दोस्रो पटक बयानका लागि बोलाउँदा न्यौपाने नआएपछि उनी नेपाल छाडेर भागेको रहस्य खुलेको खबर मातृका दाहालको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर