newskoseli.Com

विप्लव छन् सिन्धुलीमा, प्रकाण्ड दाङमा !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ आफूहरुको पहुँचभित्र नै रहेको दाबी सुरक्षा निकायले गरेको छ ।

हाल सिन्धुलीमा रहेका विप्लवका गतिविधिलाई आफूहरुले नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको दावी उच्च सुरक्षा स्रोतले गरेको छ । केही दिनदेखि सिन्धुलीमा रहेर विप्लवले कहिले वस्तीमा त कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतको दावी छ ।

त्यसैगरी प्रकाण्ड भने दाङमा रहेको पत्ता आफूहरुले लगाइसकेको दावी पनि सुरक्षा निकायले गरेको छ । अहिलेसम्म उनीहरुका कदम हिंसात्मक नदेखिएको जानकारी समेत सुरक्षा स्रोतले दिएको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर