newskoseli.Com

२५ करोड बाँड्ने तयारीमा त्रिविका पदाधिकारी

विश्वविद्यालय अुनदान आयोग आफैंले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यायलका पदाधिकारीहरूको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड रूपैयाँ बाँड्ने निर्यण गरेको बुझिएको छ, जसमा त्रिविअन्तर्गतका २४ वटा र सुदूरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयका एक–एक वटा क्याम्पस छन् ।

बीएस्सी र एमएस्सी कक्षा सञ्चालन गरिहेका आंगिक क्याम्पसको अवस्था अध्ययन प्रतिवेदन, २०७५ ले न्यून विद्यार्थी संख्या भएका र भौतिक पूर्वाधार समेत नपुगेका चार आंगिक क्याम्पसलाई ‘साइन्स ल्याब’ को रकम नदिन सिफारिस गरे पनि दुई क्याम्पसलाई आयोगले रकम छुट्याएको पाइएको खबर रुबी रौनियारको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर