newskoseli.Com

बयान दिँदादिँदै भारततिर फरार : ७८ लाख घुस प्रकरण…

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् ।

‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’– अख्तियार उच्च स्रोतले भन्यो– ‘एकाएक उनको फोन अफ भयो, घरमा थिएनन् । अनुसन्धान गर्दा गाडीबाट भारततिर हिँडेको पुष्टि भइसकेको छ ।’

न्यौपानेमाथि नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूस बुझाएको आरोपमा अनुसन्धान भैरहेको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर