newskoseli.Com

साढे २ अर्ब असुल्न बाँकी छ त्रिभुवन विमानस्थलले…

बन्द भइसकेका एयरलाइन्स, संस्था, सरकारी निकाय तथा व्यापारीबाट त्रिभुवन विमानस्थल कार्यालयले करिव २ अर्ब ४७ करोड ९३ लाख रुपैयाँ असुल्न बाँकी रहेको विमानस्थलले जनाएको छ ।

यो रकम पुस मसान्तसम्मको हो । विमानस्थलको कर्पोरेट महाशाखाका उपप्रबन्धक हेमप्रसाद दाहालका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलभित्र तथा बाहिर गरी ४२ व्यापारिक संस्था र ठेकेदार कम्पनीले पसललगायत व्यापारिक प्रयोजनका लागि स्थान भाडामा लिएका छन् । यीमध्ये २० वटाले काठमाडौं र पाटन उच्च अदालतमा मुद्दा दायर गर्दै अन्तरिम आदेशको ‘लाभ’ उठाउँदै आइरहेका छन् ।

सम्झौता अवधि सकिए पनि उनीहरुले १० वर्षदेखि व्यापार गर्दै आइरहेको खबर सुरज कुँवरको बाइलाइनमा सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर