newskoseli.Com

‘शक्तिशाली’ बन्दै प्रधानमन्त्री : सेना परिचालनसम्म एकल निर्णयमा गर्न सक्ने ‘अधिकार’ कायम गरिँदै !

सरकारका सबै महत्त्वपूर्ण निकायहरु आफू मातहत राखेर प्रधानमन्त्री केपी शर्मा ओली शक्ति सञ्चयतर्फ लागेका छन् ।

राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, महान्यायाधिवक्तााको कार्यालयलगायतका १८ वटा निकाय प्रधानमन्त्री कार्यालय मातहतमा ल्याएर आफूलाई ‘शक्तिशाली’ प्रधानमन्त्री सावित गर्न उनी लागि परेका हुन् ।

सोही अनुसार प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफैं अध्यक्ष रहेको राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य, र अधिकारसम्बन्धी विधेयकमार्फत सेना परिचालनको अधिकार पनि आफैंमा राख्ने गरी मस्यौदा तयार गरेर संसदमा दर्ता गराएका छन् ।

सो विधेयकको दफा ६ मा नेपाली सेनाको उपयोग र परिचालनसम्बन्धी व्यवस्थामा प्रधानमन्त्रीले सिधै सेना परिचालन गर्न सक्ने प्रावधान उल्लेख गरिएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर