newskoseli.Com

गाउँगाउँमा विप्लव नेकपाका ‘जनसत्ता’ र ‘जनसरकार’ !

सरकारबाट ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विगतको दसवर्षे सशस्त्र जनयुद्धकै झल्को दिने गरी गाउँगाउँमा ‘समानान्तर सरकार’ का रुपमा ‘जनसरकार’ बनाउन थालेको छ ।

‘जनकारबाही’ लाई पनि ब्युँताएको भन्दै विप्लव नेकपाले गठन गरेका ‘जनसरकार’ लाई राज्यसत्ताको निगरानीका निम्ति बलियो शक्तिका रुपमा प्रयोग गरिरहेको जनाएको छ ।

जिल्ला तहदेखि स्थानीय तहका वडासम्मै ‘जनसकार’ गठन गरिएको जानकारी जिल्ला ‘जसरकार’ का प्रमुख भगवानदास चौधरीले दिए । सरकारले आफूहरुलाई ‘प्रतिबन्ध’ लगाएपछि गाउँगाउँमा स्थापना भएका जनसरकालाई झनै सक्रिय बनाइएको उनको भनाइ रहेको खबर देवेन्द्र बस्नेतको बाइलाइनमा मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर