newskoseli.Com

नेपालको जनसङ्ख्या ३ करोड ३ लाख

केन्द्रीय तथ्याङ्क विभागले सोमबार नेपालको अनुमानित जनसङ्ख्या २ करोड ९५ लाख ६ हजार ३ सय ४५ पुगेको देखाएको छ । राति १२ बजेपछि बोर्डमा दैनिक नै नयाँ जनसङ्ख्या देख्न पाइन्छ ।

प्रक्षेपण बोर्डले नेपालको जनसङ्ख्या दैनिक १ हजार ६४ देखि १ हजार ७८ जनासम्म बढ्ने गरेको देखाउँदै आएको छ जबकि गत वर्ष प्रतिदिन १ हजार ७० देखि १ हजार ८४ जनासम्म बढ्ने गरेको देखाउँथ्यो । प्रक्षेपण अनुमानित भएकाले घटबढ हुने सम्भावना रहन्छ । विभागले आगामी २०७८ असार ८ मा नेपालको जनसङ्ख्या ३ करोड ३ लाख ७८ हजार ५५ पुग्ने प्रक्षेपण गरेको छ ।

विभागका निर्देशक शङ्करलाल श्रेष्ठले जन्मदर, मृत्युदर र बसाइ सराइका आधारमा जनसङ्ख्या प्रक्षेपण गर्ने गरिएको बताउँदै भने– ‘प्रक्षेपण गरिएको जनसङ्ख्या बढ्न पनि सक्छ, घट्न पनि सक्छ ।’ विभागले २०६८ मा राष्ट्रिय जनगणना गर्नुअघि नेपालको जनसङ्ख्या २ करोड ८४ लाख पुग्ने प्रक्षेपण गरेको थियो जबकि जनगणनाले जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको देखाएको खबर मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर