newskoseli.Com

‘अझै केही दिन पानी पर्छ’ : मौसमविद्

यहींको स्थानीय र पश्चिमी वायुको प्रभावका कारण केही दिन मेघ गर्जनसहित वर्षा दोहोरिने भएको छ । मुलुकको पहाडी भूभागमा अझै केही दिन वर्षा दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्– ‘प्रि–मनसुनको गतिविधि सक्रिय भएकाले अहिले प्रायः हेरक दिन अपराह्नपछि पहाडी भूभागमा क्षणिक र हल्का वर्षा हुने मौसमी प्रणाली विकास भएको छ ।’

अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई मौसमविदहरुले ‘प्रि–मनसुन’ का रुपमा बुझ्ने गरेका छन् । यस अवधिमा बिहानदेखि दिउँसोसम्मको मौसम सफा हुने भए तापनि अपराह्नपछि एक्कासि मौसम बदलिएर वर्षा हुने खबर बुधबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर