newskoseli.Com

सत्ताधारी नेकपाको एकता अझै लम्बिँदै, हुन सकेन ठोस छलफल

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तल्ला तहको एकता प्रक्रिया केही दिन अझै लम्बिने भएको छ ।

एकता टुंग्याउने गरी यसै सातादेखि ठोस छलफल हुने भनिएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएपछि एकता प्रक्रिया एक साताका लागि लम्बिएको हो । उनको भ्रमण ७ देखि १० दिनसम्म हुने भएको छ ।

अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्केपछि मात्र सचिवालयको बैठक बस्ने भएको छ । सचिवालय सदस्य वामदेव गौतमले भने– ‘एकताको विषयमा पार्टीमा कुनै छलफल भएको छैन, हालसम्म कार्यदलले पनि प्रतिवेदन बुझाएको छैन । अब अध्यक्ष प्रचण्ड अमेरिकाबाट नफर्केसम्म सचिवालयको बैठक बस्दैन होला ।’

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठ ३ मा एकीकरण भएको थियो । मूल कमिटी मात्र एकीकरण गरेको नेकपाले सम्पूर्ण एकता प्रक्रिया तीन महिनाभित्र टुङ्गो लगाउने निर्णय गरेको थियो । त्यसका लागि विभिन्न कार्यदल पनि बनाइए तर लामो समयसम्म एकता प्रक्रिया टुङ्ग्याइन नसकेको खबर बुधबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर