newskoseli.Com

होलीमा छाडा गतिविधि गर्नेलाई तुरुन्तै पक्रिइने, ३ हजार सुरक्षाकर्मी परिचालन

होली पर्वलाई मर्यादित बनाउन काठमाडौं उपत्यकामा करिव तीन हजार सुरक्षाकर्मी परिचालित भएका छन् ।

होलीका दिन काठमाडौंमा मात्र दुई हजार प्रहरी खटिने भएका छन् । करिव ३ सय जना सादा पोसाकका प्रहरी खटिनेछन् । ललितपुरमा ५ सय ८४ र भक्तपुरमा ४ सय ८ प्रहरी खटिनेछन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार होली पर्व सुरक्षाका लागि एक सय सात स्थानमा चेक प्वाइन्ट राखिनेछन् । ८५ वटा ‘क्विक रेस्पोन्स’ टिम खटिनेछन् । २० वटा मोबाइल गाडीले गस्ती गर्नेछन् । जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधि गर्नेलाई प्रहरीले तुरुन्तै पक्राउ गर्नेछ । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरी होली खेल्नेलाई पनि पक्राउ गरिनेछ ।

होली पर्वमा सुरक्षा व्यवस्था मजबुत पारिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए । उनले भने– ‘होली पर्वको सुरक्षाका लागि सबै तयारी गरेका छौं । खुलेर होली पर्व मनाउँदा हुन्छ तर जबर्जस्ती रङ दल्ने, लोला हान्ने, अराजक गतिविधिमा संलग्न हुनेलाई भने प्रहरीले पक्राउ गर्नेछ ।’

होली सुरक्षासम्बन्धी यो खबर बुधबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर