newskoseli.Com

विप्लव नेकपाको पार्टी कार्यालय प्रहरीको नियन्त्रणमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा रुपन्देहीले राष्ट्रिय वाणिज्य बैंकको भवन ‘कब्जा गरेर’ प्रयोग गर्दै आएको पार्टी कार्यालयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवलको पाल्पा रोडस्थित ‘रातो घर’ नामले चिनिएको नेकपाको कार्यालयमा नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैकका कर्मचारी पुगेर पार्टी कार्यालयको ताला फोरेर पार्टीको झन्डा, ब्यानर र साइनबोर्ड हटाइदिएका छन् ।

सरकारले विप्लव नेकपामाथि ‘प्रतिबन्ध’ लगाएसँगै वाणिज्य बैंकले आफ्नो भवनमा ताला लगाएको छ । उक्त भवन १३ वर्षदेखि तत्कालीन माओवादीले ‘कब्जा’ गरेर प्रयोग गर्दै आएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर