newskoseli.Com

बाबुरामको दावी : ‘विप्लवहरुको एजेन्डै नभएकाले उनीहरुसँग जनमत छैन’

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले राजनीतिक एजेन्डा नभएका कारण नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको ‘समूह’ का पछाडि जनमत नदेखिएको दावी गरेका छन् ।

दुम्कौलीमा बिहीबार गुरुप्रसाद गौतम स्मृति प्रतिष्ठानको साधारणसभामा उनले भने– ‘सरकारले सम्बोधन गर्न नसकेका कारण केही साथी त्यता लागेका भए पनि राष्ट्रिय चासोबारे प्रस्ट राजनीतिक माग नभएका कारण उनीहरुले जनमत तान्न सकेका छैनन्, आन्दोलनको औचित्य पुष्टि हुन सकेन ।’

आफूहरुले विगतमा राखेको ४० सूत्रीय मागमा तत्कालीन सरकारको ध्यान नगएकाले ‘जनयुद्ध’ थाल्नु परेको समेत भट्टराईले सम्झिए । माग नै प्रस्ट नभएको आन्दोलनले छिटपुट घटना गराए पन राजनीतिक यात्रा पूरा गर्न नसक्ने दाबी उनले गरेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर