newskoseli.Com

के–के हुन् ‘लगानी सम्मेलन’ का तीन ‘आकर्षक परियोजना’ ?

आसन्न ‘लगानी सम्मेलन’ मा औद्योगिक पूर्वाधारका क्षेत्रका तीन वटा महत्त्वपूर्ण आयोजना लगानीकर्ता समक्ष पेस गरिने भएका छन् ।

लगानी बोर्डको कार्यालयले बाँकेको नौबस्ता, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र र बाराको सिमरामा विशेष आर्थिक क्षेत्र निर्माण (सेज) को प्रस्ताव तयार पारेको छ । अर्थतन्त्रमा आयातको दबाबलाई कम गर्दै राष्ट्रिय खपतका वस्तु स्वदेशमै उत्पादन गर्ने तथा निर्यातलक्षित उद्योग समेत सञ्चालन हुने गरी यी आयोजना लगानीकर्तामाझ प्रस्ताव गर्न लागिएको लगानी बोर्डको कार्यालयले स्पष्ट पारेको छ ।

देश सङ्घीयतामा गएसँंगै सरकारले सातै प्रदेशमा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेअनुरुप नौबस्ता, मोतिपुर औद्योगिक क्षेत्र र सिमरा सेजको सम्भाव्यता अध्ययन भएको थियो । त्यसैलाई आधार मान्दै बोर्डले लगानीकर्ता भित्र्याउन यी आकर्षक आयोजना प्रस्ताव गर्ने भएको हो ।

देशलाई औद्योगीकरणको दिशामा लैजान राष्ट्रिय पुँजी मात्र पर्याप्त नहुने भएकाले वैदेशिक लगानीका लागि तीन वटा महत्त्वपूर्ण आयोजना प्रस्ताव गरिएको खबर शुक्रबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर