newskoseli.Com

विप्लव पक्राउ परे ‘जन्मकैद’ को ‘सजाय’ हुने !

सरकारद्वारा हालै ‘प्रतिबन्ध’ लगाइएको भनिएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पक्राउ परेमा उनीमाथि प्रचलित कानुनअनुसार जन्मकैदको सजाय हुने प्रचार गरिन थालेको छ ।

फागुन २८ को मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि ‘प्रतिबन्ध’ लगाउँदै उनका सबै गतिधिधि नियन्त्रणमा संगठित र फौजदारी अपराधसम्बन्धी कानुन आकर्षित हुने घोषणा गरिसकेको छ ।

‘सरकारले विप्लव समूहका गतिविधि विध्वंसात्म र आपराधिक भएको घोषणा गरिसकेको अवस्थामा हामीले प्रचलित संगठित अपराध ऐन, २०७० र फौजदारी अपराध (संहिता) ऐन, २०७४ अनुसार कारबाही अघि बढाएको छौं,’ प्रहरी स्रोत भन्छ– ‘देशभरका युनिटमा पनि सोहीअनुसार कारबाही गर्न सर्कुलर भइसकेको छ ।’

देशमा चर्कंदो द्वन्द्वको वातावरणसम्बन्धी यो खबर मातृका यादवको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर