newskoseli.Com

पूर्वराजा ज्ञानेन्द्रसँग किन झस्कियो सरकार ?

राजनीतिक गतिविधिमा चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र र नेपालका लागि भारतीय राजदूत मञ्जीसिंह पुरीबीच गोप्य रुपमा भएको भेटलाई नेपाल सरकारले अवैधको संज्ञा दिएको छ ।

मधेसलाई केन्द्रविन्दु बनाएर मध्य तथा पूर्वी तराईको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र र राजदूत पुरीबीच जनकपुरमा भएको भेटप्रति परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

तराई भ्रमणमा रहेकै बेला राजदूत पुरीले कुटनीतिक मर्यादाभन्दा बाहिर गएर पूर्वराजालाई भेट गरेको भन्दै सरकार राजदूतसँग सोधनी गर्ने निर्णयमा पुगेको बताइएको खबर शनिबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर