newskoseli.Com

भारतीय कन्टेनरको धन्दा : आउँदा मालसामान, जाँदा लागूऔषध !

पृथ्वी राजमार्गस्थित गजुरी गाउँपालिका– १, गजुरी बजारबाट धादिङ प्रहरीले शुक्रबार बिहान १ सय ६४ किलो चरेससहित एक भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तरप्रदेश मरेठ जिल्ला मरेठसिटी लिसारी गेटथाना बस्ने २३ वर्षीय मौ महताव छन् । काठमाडौंमा सामान छाडेर भारतको उत्तरप्रदेश जाँदै गरेको यूपी १९ टी ५१७१ नम्बरको भारतीय ट्रक जाँचका क्रममा इलाका प्रहरी कार्यालय गजुरीले शुक्रबार बिहान चरेस फेला पारेको हो ।

ट्रकको क्याबिनको माथिल्लो भागमा ८ वटा प्लास्टिकका बोरामा राखिएको अवस्थामा प्रहरीले सो चरेस फेला पारेको हो । पछिल्लो समय पृथ्वी राजमार्गमामा जाँच गर्दा खासगरी भारतीय नागरिक लागूऔषध र पर्दाथसहित बढी पक्राउ पर्ने गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए ।

भारतीय कन्टेनरहरुले यता आउँदा वैध मालसामान लिएर आउने र फर्केर उता जाँदा चरेसलगायतका लागूऔषध ओसार्ने गरेको खबर सरिता श्रेष्ठको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर