newskoseli.Com

अस्पताल नै जोखिमपूर्ण छन् नेपालमा ! चिकित्सकको लापरबाही बारम्बार…

घटना– १, कात्तिक १७ गते, शुक्लाफाँटा नगरपालिका– ११, कञ्चनपुरकी २३ वर्षीया तुलसी धामीको सेती अञ्चल अस्पतालमा सुत्केरी अवस्थामै मृत्यु भयो ।

घटना– २, भदौ १६ गते, पर्शुराम नगरपालिका– ६, डडेल्धुराकी २५ वर्षीया राधा नाथले सेती अञ्चल अस्पतालमै छोरी जन्माइन् । छोरी बिरामी भएपछि चिकित्सकको सल्लाहमा निजी अस्पतालको एनआईसीयूमा भर्ना गरियो । राधालाई पनि चिकित्सकले सेती अञ्चल अस्पतालकै आईसीयूमा भर्ना गरे । छोरीको निजी अस्पतालमा र आमाको सेती अञ्चल अस्पतालमा उपचारकै क्रममा भदौ २० मा मृत्यु भयो ।

घटना– ३, वैशाख २९ गते, पुनर्वास नगरपालिका– ४, कञ्चनपुरकी ३० वर्षीया शान्ति कठायतको पनि सेती अञ्चल अस्पतालमा शिशु जन्माएपछि मृत्यु भयो । चिकित्सकको लापरबाहीले उनको ज्यान गएको भन्दै आफन्तले नारा–जुलुस गरे ।

सुदूरपश्चिम प्रदेशको ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती अञ्चल अस्पतालमा भएका यी घटना प्रतिनिधिमूलक मात्रै हुन् । यही अस्पतालमा गत सोमबार धनगढी– १२, जुगेडाकी २२ वर्षीया रेखा थापाको कोखबाट शल्यक्रिया गरी शिशु निकालियो । पहिलो सन्तानका रुपमा छोरा जन्मिएपछि आफन्तमा खुसी छायो । तर, त्यो खुसी धेरै दिन टिकेन । बच्चा जन्माएको दुई दिनपछि रेखाको मृत्यु भयो ।

शल्यक्रिया भएको दोस्रो दिन पेट सुन्निएपछि डाक्टरलाई सोध्दा ‘ग्यास्ट्रिक भएको हुन सक्छ’ भन्दै वास्ता नगरेको मृतकका आफन्तले बताएको खबर दिलबहादुर छत्यालपुष्पराज जोशीको बाइलाइनमा आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर