newskoseli.Com

चिनिया रासायनिक कारखाना विस्फोट, ६४ जनाको मृत्यु

पूर्वी चीनको जिआङसु प्रान्तमा अवस्थित एक रासायनिक कारखाना विस्फोटमा परी शनिबार मृत्यु हुनेको सङ्ख्यामा ६४ पुगेको छ ।

स्थानीय समयानुसार बिहीबार अपराह्न २ः५० बजे जिआङसु प्रान्तको याङचेङ शहरमा अवस्थित रासायनिक कारखाना विस्फोट भएको थियो । स्थानीय पत्रपत्रिकाका अनुसार विस्फोट शक्तिशाली थियो । विस्फोटमा परी अझै पनि कयौं व्यक्ति बेपत्ता रहेका र कारखाना विस्फोटको ४० घन्टापछि एक व्यक्तिलाई उद्धार गरिएको उद्धारकार्यमा संलग्न अधिकारीहरुले जानकारी दिएका छन् ।

जिआङसु प्रान्तको पूर्वी इलाकामा रहेको याङचेङ सहरमा रहेको औद्योगिक पार्कमा अवस्थित यस कारखाना विस्फोटमा सयौं व्यक्ति घाइते भएका छन् । पूर्णरुपमा ध्वस्त भएको यस कारखानाको भग्नावशेषबाट शनिबार बिहान एक व्यक्तिलाई जीवितै उद्धार गरिएको हो । उद्धार कार्यपछि ती व्यक्तिलाई अस्पताल लगिए पनि उनको स्वास्थ्य स्थितिको विषयमा कुनै विवरण भने दिइएको छैन ।

उद्धारकर्ताहरु अझै पनि बेपत्ता रहेका २८ व्यक्तिको खोजी कार्यमा लागेका याङचेङका मेयर चाओ लेबाओले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यद्यपि यस विस्फोटमा परी घाइते भएका करिव ६ भन्दा बढी व्यक्ति उपचारार्थ अस्पताल पुगेका थिए । ती मध्ये २१ जनाको स्थिति चिन्ताजनक रहेको र ७३ जनाको गम्भीर घाइते भएको अपस्पताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पाँच सय भन्दा बढी व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर