newskoseli.Com

सरकारको धम्की : ‘विप्लवलाई सहयोग गर्नेमाथि समेत कारबाही’

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति ‘आक्रामक’ नीति लिएको छ । विप्लव नेतृत्वको पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गर्ने क्रमलाई पनि सरकारले तीव्रता दिएको छ ।

सरकारले ‘विप्लव समूह’ भन्न्ने गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई सहयोग गर्नेमाथि समेत कारबाही गर्ने धम्की उसले दिएको छ । ‘विप्लव समूहले चन्दा माग्ने क्रमलाई निरन्तरता दिएको’ भन्दै ‘प्रतिबन्ध’ लगाइएको उक्त ‘समूह’ लाई चन्दा दिनेमाथि समेत कारबाही गरिने धम्की सरकारले दिएको छ ।

गृह मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै ‘विप्लव समूहका आपराधिक तथा विध्वंशात्मक क्रियाकलापमा प्रत्यक्ष र परोक्ष रुपमा आर्थिक तथा अन्य सहयोग गर्नेहरुलाई पनि कारबाही गर्ने’ उल्लेख गरेको खबर सोमबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर