newskoseli.Com

पक्राउ परेका हेमन्तप्रकाश वलीसँग २२ वटा सिमकार्ड !

सरकारले ‘प्रतिबन्ध’ लगाएर पक्राउ गर्न थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले धेरै वटा सिमकार्ड प्रयोग गर्न थालेको छन् ।

उनीहरको पुराना सिमकार्ड फाल्ने र नयाँ–नयाँ सिमकार्ड प्रयोग गर्ने गर्दै आएको अनुसन्धानमा खुलेको छ । शनिबार बिहान पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको छ र उनीहरुले विगतमा प्रयोग गरेका सिमकार्ड फालिसकेको प्रहरीले जनाएको छ ।

बरामदमध्ये कतिपय सिमकार्ड प्रयोगै नगरिएका समेत रहेका छन् । आफूले पक्राउ पर्ने डरले ओलीले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग नगर्ने गरेको समेत खुलेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर