newskoseli.Com

यी लट्ठु मन्त्री ! जो माला लगाएर किरियापुत्री भेट्न पुगे…

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दुई किरियापुत्रीसँगै माला लगाएर उभिएको तस्बिरले आइतबारदेखि सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।

दुःखको घडीमा माला लगाएरै जानु असान्दर्भिक भएको र अशोभनीय सन्देश गएको भनी सर्वत्र आलोचना भयो । तत्कालीन मोरङ एमालेका सचिवालय सदस्य महेश भट्टराई र मदन भट्टराई आमाको निधन भएको पाँचौं दिन मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्न र परिवारलाई सान्त्वना र समवेदना दिन मन्त्री पण्डित विराटनगर उपमहानगरपालिका– ३ स्थित भट्टराई निवास पुगेका थिए ।

मन्त्री पण्डितको सचिवालयले भने कुनै योजनबद्ध रुपमा नभई एक कार्यक्रममा सहभागी हुन गएका बेला नजिकैको भट्टराई निवासमा मन्त्री पुगेको जनाएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर