newskoseli.Com

९ महिनामा मरे ४१ वटा एकसिङे दुर्लभ गैंडा

चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा साउनयता ४१ गैंडा मरेका छन् । ३९ वटा गैंडा निकुञ्ज क्षेत्रमा र २ वटा राष्ट्रिय वन क्षेत्रमा पर्ने सामुदायिक वनमा मरेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गोपालबहादुर घिमिरेका अनुसार ती गैंडा प्राकृतिकलगायतका कारणबाट मरेका हुन् । प्राकृतिक कारणबाट गैंडा मर्ने दर हालसम्मकै यो उच्च भएको घिमिरे बताउँछन् । निकुञ्जका अनुसार यसअघि आ.व. २०५६–०५७ मा प्राकृतिक कारणबाट २८ वटा गैंडा मरेका थिए ।

निकुञ्ज क्षेत्रमा पछिल्लो पटक आइतबार बिहान पोथी गैंडा मरेको छ । भरतपुर महानगपालिका– २३, जगतपुरस्थित होटलको सेफ्टी ट्यांकीमा परेर गैंडाको मृत्यु भएको खबर सविता श्रेष्ठको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर