newskoseli.Com

विप्लवप्रति सरकारको दोहोरो रणनीति : सके ‘फकाउने’, नसके ‘तर्साउने’ !

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति दोहोरो रणनीति अख्तियार गरेको छ ।

विप्लव नेकपालाई सके ‘फकाएर’ र नसके ‘तर्साएर’ भए पनि ‘काबुमा ल्याउने’ रणनीतिमा सरकार जुटेको छ । सरकारले फागुन २८ मा विप्लव नेकपामाथि ‘प्रतिबन्ध’ नै लगाइसकेको छ । विप्लव नेकपालाई ‘आपराधिक तथा विध्वंसकारी’ परिभाषित गरेको सरकारले राजनीतिको ‘मूल धार’ मा ल्याउन ‘कारबाही’ प्रक्रिया पनि अघि बढाउने र ‘वार्ता’ पनि चलाउने रणनीति बनाएको छ ।

सरकारले ‘असन्तुष्ट पक्ष’ हरुसँग वार्ता गर्न भदौमा बनाएको वार्ता टोलीका संयोजक र सदस्यहरुले अहिले पनि भित्रभित्रै विप्लवसँग संवाद अघि बढाउने कोसिस गरिरहेका छन् । तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डे विप्लव नेकपाका केही नेतासँग सम्पर्कमै रहेको स्रोतले जनाएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर