newskoseli.Com

पेट्रोल पम्पमा भारतीयको लर्को, कमिसनको लोभले नेपालीलाई बेवास्ता

मेचीनगर नगरपालिका, झापाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् । त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् ।

नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन (तेल) हालिदिने कर्मचारी टुसुक्क बस्न समेत पाउँदैनन् । भारतभन्दा नेपालमा इन्धन केही सस्तो छ । त्यही भएर भारतीय सवारी साधनका चालक तेल भर्न नेपाल आउँछन् ।

‘फुल ट्यांकी’ तेल हाल्ने र धेरै खरिद गर्ने हुँदा पम्पमा उनीहरुले प्राथमिकता पाउने र नेपाली ग्राकहरुको भने बेवास्ता हुने गरेको खबर रविन भट्टराईको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर